Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

बैतडीमा एकै वडाका दुई जनाको मृत्यु

बैतडीमा एकै वडाका दुई जनाको मृत्यु

बैतडीः बैतडीमा एकै वडाका दुई जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौंडालीका ४४ बर्षीय नवराज लेखक र सोही वडाको आइत बस्ने लक्ष्मण भनिने ४३ बर्षीय केशव लेखकको मृत्यु भएको हो।

आफ्नै घरको कोठामा विद्युतको तार जडान गर्ने क्रममा करेन्ट लागेका नवराजको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। शनिबार साँझ करेन्ट लागेका नवराजको हिजो नै मृत्यु भएको हो।

यस्तै आइत गाउँका केशव लेखक शनिबार गौराको चैतोल हेर्न गएकोमा आइतबार बिहान मृत फेला परेका हुन्। दशरथचन्द नगरपालिका–५ कार्यालय तलतिर उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको लडेर मृत्यु भएको हो।

प्रतिक्रिया