Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

डडेल्धुराः डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ। 

आइतवार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले टोकेको थियो। जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय धामीलाई सर्पले टोकेपछि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।

सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। बाटोघाटोे असुविधाकै कारण समयमा अस्पताल पुर्‍याउन नसक्दा धामीको बाटोमै मृत्यु भएको पारिवारि स्रोतले बताएको छ। धामी आलिताल गाउँपालिका ६ मा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।

प्रतिक्रिया