Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारबाद हाबी भयो

माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारबाद हाबी भयो

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा पनि नेतृत्वको चर्को आलोचना भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारबाद हाबी भएको आरोप लगाएका छन् । 

बैठकमा बोल्नेक्रममा नेताहरूले परिवारबादले पार्टीलाई समाप्त पार्न लागेको बताएका छन् । पहिलो दिनको बैठकमा जस्तै आजको बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत पार्टी नेतृत्वमा रहेकाहरू परिवारबादमा रमाएको भन्दै नेताहरूले आलोचना गरेका छन् । 

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री प्रचण्डको सचिवालय छोरी-ज्वाइँले घेरिएको आरोप लगाएका छन् । 'हाम्रो पार्टी र अध्यक्ष प्रचण्डको सचिवालय छोरी-ज्वाइँले घेरियो । यस्तो हुँदा नेताहरूले काम नगर्ने भए,'बैठकमा एक नेताले भने,' पहिलो  र दोस्रो तहका नेताहरूमा परिवारबाद हाबी भएको छ । यसले पार्टी बन्दैन, थप बिग्रिन्छ ।'

यस्तै, बैठकमा बोल्ने अधिकांशले पार्टीलाई बचाउन परिवारबादबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्ने नेताहरूले मंसिरमा गर्ने प्रस्ताव गरिएको विधान सम्मेलन आवश्यक नभएको बताएका छन् । उनीहरूले 'विधान महाधिवेशन नगरी सांगठनिक महाधिवेशन गर्न नेतृत्वले प्रस्तावसमेत गरेका छन् ।

प्रतिक्रिया