Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्लादेशका महामहिम राजदूत सलाहुद्धीन बिच भेटबार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्लादेशका महामहिम राजदूत सलाहुद्धीन बिच भेटबार्ता

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बङ्लादेशका महामहिम राजदूत सलाहुद्धीन नोमन चौधरी बिच आज(बिहीवार) भेटबार्त भएको छ । 

भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको विकासको सन्दर्भमा आवश्यक कुराकानी र बिकासका बारेमा बर्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ । 

सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि, व्यापार, शिक्षा र कनेक्टिविटी लगायत क्षेत्रमा बङ्लादेश सहयोग गर्न चाहेको महामहिम राजदूत  चौधरी बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो  ।

प्रतिक्रिया