Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

सुदूरपश्चिममा तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरिदै

सुदूरपश्चिममा तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा कमलबहादुर शाह नियूक्त भएपछि आज तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् ।

मुख्यमन्त्री भएदेखि रिक्त रहेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियूक्त गर्दै उनले तेस्रो पटक मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री शाहले दोस्रो पटक मन्त्रीमण्डल विस्तार गर्दा सत्ता साझेदारी दल नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागि भएको थिएन । अहिले सहमतिमा आएपछि सो दलका प्रदेश सभा सदस्यहरु मन्त्री बन्न लागेका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइने छ भने रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइने छ ।

मुख्यमन्त्री सचिवालयका अनुसार नवनियूक्त हुने मन्त्रीहरुले बुधबार साँझ पद तथा गोपनियताको सपथ लिने छन् । रिक्त मन्त्रालयमा मन्त्री नियूक्त भएसंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाउने छ ।
 

प्रतिक्रिया