Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

प्रेस चौतारीका अध्यक्षले गृहमन्त्रीसँग माफी मागेकोमा ओलीको आपत्ति

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई आत्मालोचना गर्न निर्देशन दिएका छन् ।

बार्षिक कार्ययोजना बनाउन एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठक सोमबार बसेको थियो । बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।

बस्नेतले केही दिनअघि एक क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समेत नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यसविरुद्ध गृहमन्त्रीको निजी सचिवालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएपछि बस्नेतले गृहमन्त्रीलाई भेटेर आफ्नो सूचनाको स्रोत गलत भएको भन्दै माफी मागेका थिए ।

एक केन्द्रिय सदस्यका अनुसार बस्नेतले गृहमन्त्रीसँग माफी मागेको भन्दै असन्तुष्टि जनाएका हुन् । यत्रो सुन तस्करी सरकारको संरक्षण विना सम्भव नभएको भन्दै उनले किन हतार हतार माफी मागेको भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्रीसँग माफी मागेको भन्दै बस्नेतले लेखेको स्टाटस गैर जिम्मेवार भएको भन्दै उनले कमजोरी भयो भनेर आत्मालोचना गर्न निर्देशन दिएका थिए । लगत्तै प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ३ दिनभित्र आत्मालोचनासहित स्पष्टीकरण दिन भनेको वैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया