Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

असारमा गरेको पिच साउनमै उप्कीन थाल्यो अछाममा

असारमा गरेको पिच साउनमै उप्कीन थाल्यो अछाममा

अछाममा असारमा गरेको पिच साउनमै उप्कीन थालेको छ । साँफे मंगलसेन सडक खण्ड अन्र्तगत रिडीकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल क्षेत्रको सडक महिना दिन नबित्दै उप्कीन थालेको छ ।सडकको बिच बिचमा पिच उप्केर खाल्डा खुल्डी पर्न थालेका छन ।

यस्तै सोहि ठाउमै चौडा पारेको सडकमा माटो माथी पिच गर्दा बर्षाको बेला आएको पानिले पिच समेत बगाउन थालेको छ । सडक डिभीजन कार्यालय साँफेबगरबाट आर्थीक बर्ष २०७९/८० मा मालिका निमार्ण सेवाले १ करोडमा छिपेखोला बयालपाटा, बार्जुगाड र ताप्ररिसेरा सडक कालोपत्रेका लागी सम्झौता गरेको सडक डिभीजन कार्यालयका प्रमुख बिवब बाबु सहदेवले बताए । सो सडकमै बनाईएका नालि सडक भन्दा माथी सडक तल रहेका छन यसले गर्दा बर्षाको समयमा नालिमा जानुपर्ने पानि सडक भएर बग्ने गरको छ ।

महिना दिन नपुग्दै सडकमा गरेको कालोपत्रे उप्कीने बर्षाको पानिले बगाउने गर्दा समेत सडक डिभीजन कार्यालय साँफेबगरले कुनै चासो दिएको छैन । सडकका कर्मचारीले निमार्ण ब्यावसायीबाट रकम असुल्ने र गुणस्तरिणहिन कामलाई समेत पास गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया