Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

अछाममा संक्रमितको संख्या ७ सय ११ पुग्यो , कुन तहमा कति? (पुरा विवरण सहित )

अछाममा संक्रमितको संख्या ७ सय ११ पुग्यो , कुन तहमा कति? (पुरा विवरण सहित )

धिरज कुँवर ,साउन २९ ,अछाम 

बिहीबार अछाममा २ जनामा कोरोना भाइरस ( कोभीड-१९ )को संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । साँफेबगर नगरपालिका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै अछाममा मात्रै ७ सय ११ जनामा संक्रमण देखिएको छ । 

सबैभन्दा धेरै साँफेबगर नगरपालिकामा १६३ ,रामारोशन गाउँपालिकामा १२०,मेल्लेख गाउँपालिकामा ११७ , मंगलसेन नगरपालिकामा ७६ ,बान्नीगढी जयगढ गाउँपालिकामा ५४, पन्चदेवल विनायक नगरपालिकामा ५०, चौरपाटी गाउँपालिकामा ५४ ,ढकारी गाउँपालिका २९ र सबैभन्दा कम कमलबजार नगरपालिकामा २५ जना रहेका छ्न। जसमा ५७२ पुरुष र १३९ रहेका छन् ।
यी मध्य ६५९ जना निको भएर घर गएका छन भने अहिले ५२ जना संक्रमीत आइसोलेशनमा छन् ।

संक्रमित हुनेमा युवा धेरै 

संक्रमित हुनेमा सबैभन्दा धेरै युवाहरु रहेका छ्न । १५ देखि २५ बर्षका २५१ जना, २५ देखि ३५ सम्मका २२४ , ३५ देखि ४५ उमेर समूहका ९१ ,४५ देखि ५५ उमेरका ४० जना रहेका छन् । त्यसैगरी ५५ देखि ६५ उमेरका १७ र ६५ बर्षभन्दा माथिका ७ जना रहेका छन । त्यस्तै १० देखि १५ बर्षसम्मका १५ जना , ५ देखि १० बर्षसम्मका २८ जना र ५ बर्ष मुनीका ३८ जना बालबालिका रहेका छन ।

प्रतिक्रिया