Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

स्वास्थ्यचौकीको हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना

स्वास्थ्यचौकीको  हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना

बैतडी, २ साउन । बैतडीको एक स्वास्थ्यचौकीले  हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको  छ ।  जिल्लाको पञ्चेश्वर गाउँपालिका १ स्थित  पञ्चेश्वर स्वास्थ्य चौकीले  हाताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गर्ने निर्णय गरेको  हो ।

सोमबार स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्य चौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए  ।

पहिलो पटक लाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिवाना गरिने भएको छ । यस्तै बैठकले संस्थाको हाताभित्र धुम्रपान र सूतिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया