Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

शिखर इन्स्योरेन्स क.लि.अछाम शाखा साँफेबगरद्वारा भैंसीको दाबी भुक्तानी

शिखर इन्स्योरेन्स क.लि.अछाम शाखा साँफेबगरद्वारा भैंसीको दाबी भुक्तानी

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखा साँफेबगरले भैंंसीको दाबी भुक्तानी चेक हस्तान्तरण गरेको छ ।

साँफेबगर नगरपालिका वडा न. ८ चन्डिका जमालगाउँ निवासी बिमित सेतु देवी कुँवरका आफन्त लक्ष्मण कुँवरलाई साँफेबगर नगरपालिका नगर कार्यपालिकाको बैठकमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र नगर उप प्रमुख शिव बहादुर कुँवर द्वारा ९० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बिमित सेतु देवी कुँवरले आफ्नो भैंंसिको बिमा गर्दा रु . १ हजार शुल्क तिर्नुभएको थियो । यति सानो तिरेको रकमबाट अहिले ९० हजारको चेक बुझ्दा आफू निकै खुशी भएको उनी बताउँछिन । आफुले यो भैसीको बिमा नगरेको भए अहिले अर्को भैंसी किन्नलाई निकै अफ्ट्यारो हुने उनले बताइन् ।
उनी यहीँ भैसीको दुध बेचेर आफ्ना छोराछोरीहरुलाई स्कुल पढाई रहेकी थिइन ।
चेक हस्तान्तरण कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लि .अछाम शाखा साँफेबगरका प्रबन्धक हस्त बहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया