दार्चुला : नरसिंह विष्टकाे हत्यामा संलग्नलाई जन्मकैद
दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।
विष्टकाे हत्यामा संलग्न भएकाे पुष्टि गर्दै साेमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयाे । यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।
जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गएकाे मङ्सिर ११ गते पक्राउ परेको थियो । गएकाे मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबकाे दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको दीपकले प्रहरीसमक्ष स्वीकार गरेका थिए । दुवै जनाले जाँड–रक्सी खाएकाे अवस्थामा भेट हुँदा विवाद भएकोमा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेका खुलेकाे थियाे ।
मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिनुभएकाे थियाे । उहाँकाे शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्न मङ्सिर २ गते खलङ्गाबाट घर जानुभएकाे थियाे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
प्रतिक्रिया