Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

डडेल्धुरामा एक महिलाले बाटोमै बच्चा जन्माईन

डडेल्धुरामा एक महिलाले बाटोमै बच्चा जन्माईन

डडेलधुरा । डडेलधुराको परशुराममा एक महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छिन् । 

परशुराम नगरपालिका–८ जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन् । उनलाई अस्पताल लग्न स्टेचरसमेत नपाइएको स्थानीयले बताएका छन् । प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लग्न लागिएको थियो । तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्म दिएको स्थानीय भूपेन्द्र धामीले बताए । 

अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा शिशुलाई जन्म दिएको उनले बताएका छन् ।

प्रतिक्रिया