Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २३ बैशाख २०८१

बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना

आज बिहान बझाङदेखि काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ। जिल्लाको चरोडामा बिहान ना.६.ख १३३९ नम्बरको बस दुर्घटना भएको हो।

बझाङदेखि काठमाडौंका लागि छुटेको बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको छ। दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन्। बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरु लाई उद्वारगरि उपचारको लागि अस्पताल लगिएकोलगिएको छ। 

उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए। बिहान पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया