देउवालाई सुदूरपश्चिमका ६ सांसदले भने बरु कारबाही झेल्छौँ तर यथास्थिमा बजेट पारित हुन दिन्नौँ
सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ६ सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।
देउवा निवासमा पुगेर उनीहरूले सभापतिलाई बजेट उपयुक्त नरहेको र आफूहरू पारित गर्ने पक्षमा नरहेको जानकारी गराएका हुन् । त्यस क्रममा सांसदहरूले पार्टी नेतृत्वबाट आफूहरूलाई पक्षमा मतदान गर्न दबाब नदिन समेत आग्रह गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन् । काङ्ग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् । तर, काङ्ग्रेसकै अधिकांश सांसदहरू सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नदिने अडानमा छन् ।
मेघराज खड्का,प्रकाश बम, बहादुर सिंह थापा, मानबहादुर रावल, दिवानसिंह विष्ट र शिवराज भट्ट हिजो देउवा निवास पुगेका थिए । पदम बहादुर शाही पनि देउवालाई बजेटको गुनासो गर्न जाने तयारीमा थिए । तर,उनी उपचारका लागि जाने भएपछि ६ जना सांसदले संयुक्त रूपमा बजेट पारित गर्न नदिने बताएका हुन् ।
‘बजेट सबै भन्दा खराब आएको छ । यस्तो अवस्थामा हामी पारित गर्ने पक्षमा छैनौँ’ देउवालाई सांसदहरूले भनेका थिए ‘हामीलाई दबाब नदिनु होला बरु कारबाही झेल्न तयार छौँ बजेट पारित गर्ने पक्षमा छैनौँ ।’
सुदूरपश्चिममा कांग्रेसका ११ प्रत्यक्ष निर्वाचित सांसदहरू ती मध्ये ६ जनाले संयुक्त रूपमा बजेट माथि असहमति जनाएपछि देउवा सोच मग्न भएका थिए ।
‘हामीहरू आक्रामक रूपमा बजेटमाथिको विरोध राख्यौँ । उहाँले (देउवाले) राम्ररी सुन्नु भयो’ एक सांसदले भने ‘पछि उहाँको जवाफ चित्तबुझ्दो आयो ।’
देउवाले बजेट उपयुक्त नरहेको र पूरक बजेट ल्याउन निर्देशन दिने आश्वासन दिएका थिए ।
‘अरूबाट पनि गुनासो सुनिरहेको छु । तपाइहरूको कुरा पनि सुने’ देउवाले भनेका थिए ‘म पूरक बजेट ल्याउने गरि तयार थाल्न निर्देशन दिन्छु ।’
पार्टी सभापतिले पूरक बजेट ल्याउन लगाउने भनेपछि देउवा भेट्न गएका सांसदहरू उत्साहित भएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया