ललिता निवास जग्गा हिनामिना प्रकरण : भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित थप ६ जना पक्राउ
काठमाण्डाै – बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन सहसचिव कलाधर देउजा र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित थप ६ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले देउजा र गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसीलाई काठमाण्डाैका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पूर्वकर्मचारीहरूले २०४९ देखि २०६६ सालसम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेकाे सीआईबीको अनुसन्धानमा खुलेको छ ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।
ललिता निवास प्रकरणको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारमा रहेको ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया