नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति शेखर समूहको असन्तुष्टि, समानान्तर समिति बन्न सक्ने
नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भ्रातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ चैतमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
भ्रातृ संगठनको नेतृत्व एकलौटी रूपमा घोषणा गरेको भन्दै शेखर समूहले १४ चैतमा तरुण विद्यार्थी भेला गर्न लागेको नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले जानकारी दिए । कर्णका अनुसार काठमाडौंको एक पार्टी प्यालेसमा आयोजना गरिने उक्त भेलामा शेखर समूहका विद्यार्थी तथा तरुण नेताहरूको सहभागिता रहनेछ ।
भ्रातृ संगठनको नेतृत्व चयनबारे शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी सभापति देउवा र नेता कोइरालाबीच ‘वान टु वान’ वार्ता भएको थियो । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा कोइरालाले नेविसंघ र तरुण दलको नेतृत्व नियुक्तिप्रति आफ्नो समूहकाे असन्तुष्टि रहेको देउवालाई जानकारी गराएका थिए । सो भेटमा कोइरालाले आफू पक्षका नेताहरूले नेविसंघ र तरुण दलको समानान्तर समिति बनाउने दबाब दिइरहेको बताएका थिए । त्यसको जवाफमा देउवाले सबैलाई मिलाएर अघि बढ्ने आश्वासन दिएको थपलियाले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
प्रतिक्रिया