प्रेस चौतारीमा विवाद, हलमै नाराबाजी
नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ ।
संगठनको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्ने विषयमा पनि विवाद देखिएको छ । अध्यक्षमा पदमा वर्तमान अध्यक्ष गणेश बस्नेत, माधव नेपाल, गणेश पाण्डे, टीका बिष्टले दाबी गरिरहेका छन । अन्य पदाधिकारीमा पनि धेरैको दाबी रहेकाले नेतृत्वलाई मिलाउन सकस देखिएको हो । १५१ सदस्यीय कमिटी बनाउने भनिए पनि अघिल्लो कमिटी ३५१ सदस्यीय बनाएपछि मिलाउन नेतृत्व प्रयास विफल भएको एक नेताले बताए । शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी प्रतिनिधिहरूलाई दिएपनि ढिला गरी बन्दसत्र सुरु भएको छ । आज सकिने भनेको महाधिवेशन लम्बिने देखिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
प्रतिक्रिया