Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

दाह्री ग्याङ अछामका संयोजक कुवर द्वारा एस टि एस रोग बाट ग्रसित भाट लाई आर्थिक सहयोग

दाह्री ग्याङ अछामका संयोजक कुवर द्वारा एस टि एस रोग बाट ग्रसित भाट लाई आर्थिक सहयोग

दाह्री ग्याङ अछामका संयोजक तथा सिटीभीटीका उपाध्यक्ष समेत रहेका समाजसेवी उमेश कुँवरले आफ्नो जन्मदिनमा हुने फजुल खर्च एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गरेका छन् ।

संयोजक कुँवरले आर्थिक अभावका कारण काठमाडौं नयाँबानेश्वरमा रहेको सिभिल हस्पिटलकाे ३०१ वार्डमा छटपटाई रहेका समाजसेवी भाटको उपचारमा थोरै भएपनि राहत मिलोस् भनेर सहयोग गरेको बताउनुभयो ।

एस टि एस रोग बाट ग्रसित साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटका दिर्घ भाटलाई आर्थिक सहयोग गर्ने चाहिने ब्यक्तीले उहाँको राष्ट्रिय वाणिज्य बैंक मा रहेको ११७००१९१९३१० खातामा सहयोग गर्न सकिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया