Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

नेपाली कांग्रेस अछामको उपसभापतिमा युवा नेता ललित कुवँरले उम्मेद्धारी दिने

नेपाली कांग्रेस अछामको उपसभापतिमा युवा नेता ललित कुवँरले उम्मेद्धारी दिने

नेपाली कांग्रेस अछामको जिल्ला उपसभापती पदका लागि युवा नेता ललित कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् ।

किसान संघ अछामका वर्तमान जिल्ला सभापती समेत रहेका नेता कुवँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन उपसभापती पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन ।

नेपाली कांग्रेस अछामलाई जिल्लामा बलियो पार्टी बनाउन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आउन जरुरी रहेको भन्दै आफुले उपसभापती पदमा उम्मेद्धारी दिने निर्णय गरेको नेता कुवँरले बताए ।

२०६२/०६३ को जनआन्दोलन देखि नै जिल्लामा कांग्रेसको संगठन बनाउन देखि नेता कार्यकर्ता संग अछामका दुबै क्षेत्रमा खटेर संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।

नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि फागुन १३ गते हुने भएको छ ।

प्रतिक्रिया