Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए

 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ८३६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २०७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै १६६ जना छन् । यस्तै, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर चारजनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ८२६ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिक्रिया