Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

देशभर ८३६ संक्रमित थपिए, ४ जनाको मृत्यु

देशभर ८३६ संक्रमित थपिए, ४ जनाको मृत्यु

 

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १ हजार ८२६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख २४ हजार ६४८ पुगेको छ ।

कोरोनाका कारण आज थप ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् ।

देशभर आज २६ हजार १०२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया