Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

साखूँस्थित सालीनदीमा भक्तजनको घुइँचो

साखूँस्थित सालीनदीमा भक्तजनको घुइँचो

काठमाडौंको साखूँस्थित सालीनदीमा माधवनारायण मेलामा भक्तजनको घुइँचो लागेको छ । हिन्दू धर्मावलम्बीका लागि विशेष रहेको यस मेला फागुन ४ गते समापन हुने छ ।

मेला सकिनु अघिको अन्तिम शनिबार भएको कारण मेलामा भक्तजनहरुको भीड लागेको हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी ब्रत एवम् माघस्नान गरिन्छ ।

एक महिनासम्म बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो ब्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएको कथाका रूपमा नेपाली समाजमा प्रचलित छ ।

प्रतिक्रिया