Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १७ बैशाख २०८१

अछाम पुर्ख्यौली घर भएका ४५ वर्षीय पुरुष चार दिनदेखि सम्पर्क विहिन

अछाम पुर्ख्यौली घर भएका ४५ वर्षीय पुरुष चार दिनदेखि सम्पर्क विहिन

अछाम पुर्ख्यौली घर भइ कंचनपुर बस्दै आएका एक पुरुष काठमाडौंबाट म्याग्दी - पोखराको बाटोमा माघ २० गते देखि हराएका छन् । काठमाडौ बाट कंचनपुर निस्केका ४५ वर्षका भ्वानसिंह कडायतले दैजी चथरी ,महेन्द्रनगर कंचनपुर बस्ने आफ्नो परिवारलाई २१ गते घर पुग्ने खबर गरेका थिए ।

पुर्ख्यौली घर साँफेबगर नगरपालिका -१२ खप्तड भएका कडायतको खोजी कार्य तिव्र पारिए पनि नभेटिएको उनका छोरा रमेश कडायतले बताए । उनका अनुसार भ्वानसिंहले २१ गते साढे ११ बजे घर पुग्छु भन्दै श्रीमतीलाई फोन गरेका थिए । उनले भनेको ठाउँदेखि सबैतिर खोजी गर्दा पनि अझै सम्पर्कमा नआएको उनले बताए ।

हराएका ४५ वर्षका कडायतलाई देखेमा परिवार अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिन उनका छोराले आग्रह गरेका छन । सम्पर्कका लागि नम्बरहरु रमेश कडायत : 9863402408 (नेपाल) गोरख कडायत : 142491-9871702283, 142491-9354844895 ( भारत) गणेश रोकाया :महेन्द्रनगर +977 981-2706618

प्रतिक्रिया