Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

नवनियुक्त मन्त्री शाही : प्रअदेखि मन्त्रीसम्म

नवनियुक्त मन्त्री शाही : प्रअदेखि मन्त्रीसम्म

दैलेखको क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नं. ख बाट कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् । आइबार मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

नवनियुक्त मन्त्री शाही नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दल सचेतक समेत हुन् ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका ४ तिलुखानामा बुवा मानबहादुर शाही र आमा पान्सरा शाहीको कोखबाट वि.सं. २००४ भदौं २६ जन्म लिएका हुन् ।

नवनियुक्त मन्त्री शाहीले प्रमाण पत्र तहको शैक्षिक योग्यता हासिल गरेका छन् । उनले विद्यालयको प्रधानाध्यापकदेखि विभिन्न अवधिमा सार्वजनिक पद धारण गर्दै हाल मन्त्री नियुक्त भएका छन् ।

शाही प्रथमपटक २०२९ सालमा तोलीजैसी प्राविको प्रअ भएका थिए ।

मन्त्री शाहीले कम्युनिष्ट विचारधारबाट राजनीतिक प्रवेश गरेपनि २०३२ सालमा नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेका हुन् । शाहीले २०३२ साल माघ ७ र ८ गते भारतको बनारसमा जननायक विश्वेश्वर प्रसाद कोइरालाासँग भेटवार्ता गरी नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेका हुन् ।

उनले पार्टीको सदस्यता प्राप्त गरेपश्चात २०३२ सालमै प्रतिबन्धीत नेपाली कांग्रेसको दैलेखमा जिल्ला कार्य समिति गठन गरेका थिए । त्यसबखत शाहीसहित गणेश बहादुर खड्का, रविन्द्रराज श्रेष्ठ, डिल्लीनाथ योगीले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

२०३३ साल बैशाखमा गाउँफर्क अभियान अन्तरगत शाही तिलुखानाको उपप्रधान पञ्च मनोनीत भै २०३५ सालमा राजीनामा दिएका थिए ।

शाहीसँग २०३४ सालबाट पटक पटक विभिन्न पक्षबाट गिरफतार भै जेल जीवन बिताएको अनुभव छ ।

२०३८ सालमा पार्टीको जिल्ला कार्यसमिति पुर्नगठन भै सभापति गणेश खड्का नेतृत्वको समितिमा सह सचिवको शाही थिए भने २०४० सालमा पार्टीको जिल्ला कोषाध्यक्ष भै कामकाज गरेका थिए ।

२०४९ बैशाखमा भएको स्थानीय निर्वाचनमा चामुण्डा गाविस वडा नं. ५ बाट गा.स.स. पदमा अत्यधिक बहुमतले विजयी भएका थिए ।

जनप्रतिनिधीको भूमिकामा रहेका शाही २०४९ देखि २०५४ सम्म दैलेख जिल्ला विकास समितिको सभापति पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गरे । जिविस सभापति हुँदा शाहीले तत्कालीन विजया माध्यामिक विद्यालय र तत्कालीन त्रिभुवन माध्यामिक विद्यालयलाई उच्च माध्यामिक तहका लागि शिक्षा बाट स्वीकृती प्राप्त गरे भने सुर्खेत दैलेख सडक, डुंगेश्वर दुल्लू डाडीमाडि हुँदै पिपलकोट सडक शिलान्यास गरेका थिए ।

शाही २०४९ देखि २०५३ सम्म पार्टीको जिल्ला सचिव भएका थिए ।

शाही दैलेख जिल्लाबाट तत्कालीन विद्रोही पक्ष माओवादीलाई शान्तिपूर्ण वार्तामा आउन आउन आह्वान गर्दै २०५६ फागुन ७ माओवादीलाई बन्दुकको परेट होइन ब्रेनको परेट खेलौं भन्दै अपिलकर्ताको रुपमा देखिए ।

नेपाली कांग्रेसको सातौं महाधिवेशनबाट शाही केन्द्रीय राजनीतिमा प्रस्तुत हुँदैं दैलेखबाट पटक पटक महाधिवेशन र महासमिति प्रतिनिधी समेत चुनिदै आएका छन् ।

आफ्नो क्षेत्रको विकास निर्माणमा पहल गर्दै आएका शाहीले अब समग्र प्रदेशको कानुनलाई मजबुद् बनाउन अग्रही भूमिका निर्वाह गर्ने उनको योजना छ ।

प्रतिक्रिया