Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

बुढाकोट निवासि एमालेका प्रभावशाली युवा नेता दिपक कुँवर र पुष्प भट्ट एमाले अछाममा जिल्ला सदस्यको दौडमा

बुढाकोट निवासि एमालेका प्रभावशाली युवा नेता दिपक कुँवर र पुष्प भट्ट एमाले अछाममा जिल्ला सदस्यको दौडमा

नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवर र पुष्प भट्टलेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । व्यापार र पत्रकारिताबाट  राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ दुबैको छ । विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका विभिन्न कमिटिमा  काम गरेको दुबैको राजनितिमा लामो  अनुभव रहेको छ ।

राजनीतिसँगै निर्माण सम्बन्धि काममा संलग्न रहनुभएका दिपक कुँवरले पार्टीलाई एकताबद्ध बनाएर जिल्लाको विकासमा क्रियाशिलतका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।  

त्यस्तै पत्रकारिता पेशा बाट  एमालेको सक्री य राजनितीमा प्रवेश गर्नुभएका भट्टले सबैको भावना प्रतिनिधित्व हुने गरेर आफूले काम गर्ने भएकोले मत दिन सबै प्रतिनिधिमा अपिल गर्नुभएको छ । अनुभवी क्षमतावान र पार्टीप्रति पूर्ण जिम्मेवार दुबै जना खुला सदस्यमा विजयी हुनेमा सुवेक्षुक सबैजना विश्वस्त्त रहेका छन । 

प्रतिक्रिया