Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०५ जेठ २०८१

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

अछाम ।

नेकपा (एमाले) अछामको खुला सदस्यमा देवराज जैसीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । शिक्षण पेसाबाट अलग भएर राजनीतिमा प्रवेश गर्नुभएका मंगलसेन–५ का जैसी सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ जैसीको छ । २०३७ सालबाट विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका इलाका कमिटी, जिल्ला सल्लाहकार सदस्य र केही महिना जिल्ला कमिटी सदस्यमा काम गरेको अनुभव रहेको छ ।

मंगलसेनमा महासचिव नामले चिनिनु हुने जैसीले नेकपा (एमाले) अछामको सदस्य हुँदै सल्लाहकार सदस्यसम्म आफ्नो कार्य सफलतापूर्वक पूरा गरिसक्नु भएको छ । राजनीतिसँगै निर्माण सम्बन्धि काममा संलग्न रहनुभएका जैसीले पार्टीलाई एकताबद्ध बनाएर जिल्लाको विकासमा क्रियाशिलतका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय र सहयोगी जैसीले यसअघि पार्टीकोतर्फबाट उद्योग बाणिज्य संघ अछामको महासचिव, षोडशा माविको विद्यालय व्यवस्थापन, सहकारी तथा अन्य सामाजिक संघसंस्थाको नेतृत्व गरिसक्नुभएको छ ।  
‘तपाइको निर्णयमा मेरो आवाज’ मुल नाराका साथ सबैको भावना प्रतिनिधित्व हुने गरेर आफूले काम गर्ने भएकोले मत दिन सबै प्रतिनिधिमा अपिल गर्नुभएको छ । साथमा गएको स्थानीय तहको निर्वाचनमा काँग्रेसको गढ भएको मंगलसेन नगरपालिका–५ को वडा अध्यक्ष पदमा जैसीले सम्मानजनक मत ल्याउनुभएको थियो । अनुभवी क्षमतावान र पार्टीप्रति पूर्ण जिम्मेवार जैसीलाई खुला सदस्यमा मत दिन सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया