धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु
कैलालीको धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको हो । तालिम आज र भोली चौलानी डिपार्टमेन्ट पछाडीको निको हलमा सञ्चालन हुनेछ ।
उद्यम व्यवसाय गर्दै आएका युवाहरुले दिगो आर्जन र दिगो व्यवसाय कसरी गर्न सक्छन भन्ने उद्धेश्यका साथ दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिमको आयोजना गरिएको प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
आजबाट सुरु भएको तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवा व्यवसायी र विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिम भोलीसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया