Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ३० बैशाख २०८१

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

नेत्री पवित्रा कुँवरको नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि लागि उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि  लागि नेपाली कांग्रेसकी नेत्रि पवित्रा देवी कुँवरले उम्मेदवारी घोषणा गरेकि छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने  अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेकि हुन् ।

नेपाली कांग्रेस अछामको को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि उमेद्वारी घोषणा गरेको कुँवरले बताईन ।

नपाली कांग्रेस अछाम क्षेत्र न १ कि क्षेत्रीय सदस्य, नेपाल महिला संघ अछामकी कोषाध्यक्ष र हाल साँफेबगर नगरपालिका वडा न ३ कि वडा सदस्य समेत रहेकी नेत्रि कुँवरले  पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेकि छन् । निरन्तर रुपमा जिल्लामा  क्रियाशील भएर समाजमा काम गर्दै आएकि कुँवर  आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछिन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया