नेपाली कांग्रेस डडेलधुराका सभापति मल्लको टोलीले थाल्यो सानेपामा रिले अनसन
नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टोलीले रिले अनसन सुरु गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि मल्ल समूहले अनसन सुरु गरेको हो । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै मल्ल समूह अधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्लामा जिल्ला सभापति मल्लको बहिष्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढेको छ । भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन हुँदा मल्ल समूहले बहिस्कार गरेको थियो । मल्ल समूहले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर पुन वडा र पालिका अधिवेशन गर्नुपर्ने माग गरेको छ । तर काँग्रेस केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता प्रक्रिया अगाडि बढाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया