सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, १७ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
बसमा सवार अन्य १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। सल्यानबाट जैतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थित थारखोलामा दुर्घटना भएको थियो।
'९ जनाको मृत्यु भइसकेको छ। हामी घटनास्थलमा नै छौं। तीब्र गतिको कारण दुर्घटना भएको प्ररम्भिक रुपमा बुझिएको छ। थप अनुसन्धानबाट खुल्छ,' जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले भने।
बसमा २६ जना यात्रु सवार रहेको खुलेको छ। घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया