स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले पार्टीको झण्डा ३ दिन आधा झुकाउने
नेपाली कांग्रेस अछामले स्व. रेशमराज तिमिल्सैनाको हत्यापछि मृत्यु भएको भन्दै पार्टीको झण्डा ३ दिन आधा झुकाउने भएको छ ।
नेपाली कांग्रेस अछाम क्षेत्र नं.२ का पूर्व क्षेत्रिय सदस्य एवंम १४ औँ महाधिबेशनका लागि क्षेत्रिय प्रतिनिधी रहेका स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले आज देखि पर्सी सम्म ३ दिन पार्टीको झण्डा आधा झुकाउने सभापती भरत कुमार स्वाँरले बताए ।
रहष्यमय तरिकाले तिमिल्सैनाको हत्या भएको भन्दै यसको यथाशक्य छिटो अनुसन्धान गर्न पार्टी कांग्रेस अछामले माग गरेको जिल्ला सचिव नम बहादुर शाहीले बताए ।
पार्टीले एक होनाहार कार्यकर्ता गुमाएको भन्दै यस दुखलाई शक्तीमा बदल्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया