सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले १७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्ने
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ।
त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंकको प्रदेश शाखा धनगढ़ीले यहि कात्तिक १० गते मंगलबार का दिन रक्तदान को आयोजना गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक सुदुरपश्चिम प्रदेश धनागढ़िको आफ्नै कार्यालय प्रांगणमा बिहान ८ बजे देखि १ बजेसम्म गरिने कार्यक्रममा सम्पूर्णको उपस्थितिको लागि बैंकले अनुरोध समेत गरेको छ । उक्त कार्यक्रमले धनगढ़ीका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको र साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया