Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै कर्मचारीलाई हिलो दलेर नगर परिक्रमा गराइयो

ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै कर्मचारीलाई हिलो दलेर नगर परिक्रमा गराइयो

डा. सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाभित्रको ढल व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवाहलाई बिहीबार दिउँसो शरीरमा हिलो र मोसो दलेर नगर परिक्रमा गराइएको हो ।

डा. राउतको सचिवालय अनुसार एक महिना पहिले नगरप्रमुख लालकिशोर साह र खानेपानी कार्यालयलाई ध्यानाकर्षण गराइएको थियो । आफ्नो मुद्दालाई बेवास्ता गरेको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘कारबाही’स्वरूप हिलो दलेर नगर परिक्रमा गराएका हुन् ।

पार्टीले नगरप्रमुख साहलाई पनि हिलो दलेर नगरको दुर्दशा देखाउने कार्यक्रम तय गरेको थियो । तर, नगरप्रमुख कार्यालयमा अनुपस्थित भए ।

कर्मचारी कुशवाहलाई अर्धनग्न बनाएर नगर परिक्रमा गराइएको थियो । त्यसक्रममा सहभागी नेता–कार्यकर्ताहरूले प्रदेश सरकार र स्थानीय सरकाविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया