Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १६ बैशाख २०८१

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा बझाङमा

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा बझाङमा

बाढी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली हेलीकप्टरमै बझाङ पुगेको हो ।  

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका प्रधानमन्त्रीले क्षतिको अवलोकनसँगै क्षतिबारे सुरक्षा निकाय तथा प्रशासनको ब्रिफिङ पनि सुन्नेछन् । यसअघि सुर्खेतमा देउवाले बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारसँगै भौतिक क्षति बेहोरेका किसानलाई पनि राहतको व्यवस्था गर्ने घोषणा गरेका थिए ।  

देउवा धनगढी, कन्चनपुर, डडेल्धुरा लगायतको ठाउँमा पुग्ने कार्यसूची छ ।    

प्रतिक्रिया