भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए
भारतकाे महाराष्ट्रस्थित पुनाबाट छुटेको बसमा सवार नेपाली यात्रु कुटिएका छन्। मुम्बईबाट सुरत हुँदै नेपाल गइरहेको दीर्घश्वरी टुर एण्ड ट्राभल्समा सवार यात्रु कुटिएका हन्। बसमा सवार नेपालीलाई बीच बाटाेमा दिसा पिशाव गर्न ओराल्ने क्रममा ढिलाे गरेको भन्दै कुटपिट गरिएको हाे।
सुरतबाट नेपाल जाने क्रममा बाटोमा दिसापिसाब गर्न निस्किएकामध्ये दुई नेपालीलाई बसका चालक, सहचालक र अन्य भारतीय नागरिक मिलेर कुटेका पीडितहरूले बताएका छन्। कुटपिटबाट नेपाली युवक राजीपुरका कृष्ण गिरि सहित केही घाइते भएका छन्। गिरिकाे शरीरमा ६ टाँका लगाइएकाे छ। अर्कोतिर भारतबाट नेपाल जाने बस समितिहरूले नेपाली नागरिकसँग महंगो र दाेब्बर भाडा पनि असुलिरहेका छन्।
बस संञ्चालक र समितिहरुको लापरबाहीले नेपालीलाई अनेक सास्ती भएको छ। सुरक्षित साथ घर पुर्याउने भनेर बाटोमा अनेक दुख दिँदै कुटपिटसमेत गरिरहेका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया