सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए ।
सभामुख थापाले प्रदेश प्रमुखको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । यस अधिवेशनमा १० वटा विधेयक पारित गरेको भएको र चार विधेयक प्रमाणीकरण भएको सभामुख थापाले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, दलित सशक्तीकरणमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन अवस्थामा छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया