Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता तगत कुवँरको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता तगत कुवँरको  उम्मेदवारी घोषणा

नेपाली काँग्रेस अछाम  प्रदेश  प्रतिनिधि पदका लागि युवा नेता तगत कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

नेपाली कांग्रेस क्षेत्र न १ को पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले प्रदेश सभा प्रतिनिधि पदमा उमेद्वारी घोषणा गरेको कुवँरले बताए ।

नेपाल विद्यार्थी संघ बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका कुवँरले पार्टी संगठन बलियो बनाउन र समाजका परिवर्तन गराउन क्रियाशिल रहने भन्दै प्रदेश सभा प्रतिनिधि पदमा आफुलाई यसपटक अघि सारेका छन् ।

निरन्तर रुपमा जिल्ला देखि केन्द्रसम्ममा ने बि संघमा क्रियाशील भएर समाजमा काम गर्दै आएका कुवँर आफुलाई सबैको सहयोग रहने कुरामा ढुक्क रहेको बताउछन ।

संगठन निर्माण संगै पिछडिएका अनि युवाहरुको माग सम्बोधन गर्ने र सम्पूर्ण युवाहरुलाई  एकजुट भएर क्रियाशिल गराउन आफुले भमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिक्रिया