जता ततै चर्चा काँग्रेस वडा सभापति बनेकी १९ वर्षीया स्वस्तिकाको
नेपाली काँग्रेसको वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता राजनीतिमा आउनु र उचित स्थान दिइनु सकारात्मक भएको भन्दै चर्चा परिचर्चा सुरु भएको हो ।
काँग्रेसको बिहीबार भएको वडा तहको अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापतिमा १९ वर्षिया स्वस्तिका महत सर्वसम्मत निर्वाचित भएकी थिइन् ।
कलिलो उमेरमै वडाध्यक्षमा उनी निर्वाचित भएको विषयले राष्ट्रिय चर्चा पाएको हो भने सामाजिक सञ्जालमा युवा पुस्ताको सहभागिता हुँदै जानु सकारात्मक भएको टिप्पणीको बाढी आएको छ । यस्तै राजनीतिलाई समाज परिवर्तनसँग जोडिनुपर्ने र त्यसलाई महत जस्ता किशोरीहरुबाट आशा राख्न सकिने मतहरु पनि आएका छन् ।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले महतलाई बधाईसहितका सकारात्मक कमेन्टहरू बर्साइरहेका छन् भने एकाएक वडाध्यक्ष महत चर्चामा आउन सफल भएकी छिन् ।
महतले पनि आफू सभापति निर्वाचित भएपछि बधाइसहितका सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएकी छिन् । राजनीतिक परिवारकी चेली उनमा सानैदेखि राजनीतिमा लाग्ने सोच पलाएको र अहिले जिम्मेवारी पाएपछि उत्साहित भएको बताइन् ।
उनका बुबा दैलेख जिल्लाको पार्टी उपसभापति थिए, जसको २०७६ सालमा निधन भएको थियो । उनले अन्तरवार्ताहरुमा भनेकी छिन् , ‘बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेको हो ।’
उनको यो सफलतालाई लिएर काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा, प्रधानमन्त्री पत्नी आरजु राणालगायतले दिल खोलेर प्रशंशा गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया