कांग्रेसकी कान्छी सभापति स्वस्तिका !
कांग्रेसको १४ औं महाधिवेशनमा पुस्तान्तरणको बहस चलिरहेका बेला दैलेखको दुल्लु नगरपालिका–३ को वडा सभापतिमा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेकी छन् । उनलाई वडाका क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा निर्वाचित गरेका हुन् ।
महत स्व.भुपेन्द्रजंग महतकी छोरी हुन् । पार्टीको जिल्ला उपसभापति रहेका महतको दुई वर्षअघि निधन भएको थियो । राजनीतिक परिवारमा हुर्किएकी स्वस्तिका विद्यार्थी राजनीतिमा पनि सक्रिय थिइन् । स्वस्तिका सर्वसम्मत वडासभापनिमा निर्वाचित भएको दैलेखका कांग्रेस नेता दिपक सोनीले जानकारी दिए । ‘वडा अधिवेशनले उनलाई सर्वसम्मत सभापति चयन गरेको छ । सम्भवतः उनी कांग्रेसकै कान्छी सभापति हुन्,’ सोनीले भने ।
गाउँदेखि केन्द्रसम्म राजनीतिमा बूढापुस्ता हाबी छ । महाधिवेशनमा युवापुस्ताको सहभागिता कस्तो होला ? भन्ने बहस चलिरहेकै बेला महत सभापति बनेपछि उनको सामाजिक सञ्जालमा चर्चा चलेको छ । महतले नेपालगन्ज टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) को अध्ययन पूरा गरेकी छन् ।
अछाममा पनि २२ वर्षीया जानकी रावल (भण्डारी) वडा सभापतिमा चुनिएकी छन् । मंगलसेन नगरपालिका–११ को वडा अधिवेशनले उनलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी जिल्लाकै एक्ली महिला वडासभापति हुन् ।
कांग्रेसको महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ५६ जिल्लामा वडा तहको अधिवेशन भइरहेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
-
रञ्जिता द्वारा रेशमले डाकेको पार्टी बैठक खारेज
प्रतिक्रिया