Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

नेपाली कांग्रेस सा न पा वडा न. ९ बुढाकोटको सभापतिमा सुरज कुँवर र उपसभापतिमा नौले कुँवर

नेपाली कांग्रेस सा न पा  वडा न. ९  बुढाकोटको सभापतिमा सुरज कुँवर र उपसभापतिमा नौले कुँवर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोट को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेसनमा सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्  ।

निवर्तमान वडा कार्यसमितिका सभापति सुरज बहादुर कुँवरको सभापतित्वमा भएको भेलाले पुन: सुरज बहादुर कुँवर लाई  नयाँ कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको छ । जसमा उप सभापतिमा नौले कुँवर, खडे बि क, सचिवमा जगत बहादुर कुँवर, विर बहादुर थापा, सह सचिवमा  जयन्द्र बहादुर कुँवर र कमला साउँद रहेका छ ।

नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिती सदस्य लाल बहादुर कुँवर प्रमुख अथिती, नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका केन्द्रीय सदस्य नरेन्द्र बहादुर कुँवर विसिष्ट अथिती, ने बि संघ अछाम का उपसभापती बुद्धराज सुवेदी बिसिष्ठ अथिती र नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तगत बहादुर कुँवर बिसिष्ठ अथिती रहेको भेलाको संचालन निवर्तमान वडा सचिव अमर सिंह थापाले गरेका थिए । 

प्रतिक्रिया