Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ बैशाख २०८१

महिलाका मुद्या दबाबले ‘होस्टायल’

महिलाका मुद्या दबाबले ‘होस्टायल’

लगातारको कारोना भाइरसको संक्रमणले जनजीवन प्रभावित भएको समयमा अछाममा महिल हिंसा , घरेलु हिसाका घटना बढेका छन् । रोजगारीको लागि भारतका विभिन्न सहरमा गएका पुरुषहरु गाउँमा बरोजगार भएपछि त्यसको मारमा अधिकांस महिला परेका छन् । मदिरा सेवन गर्ने पुरुष छन् भने , हिंसा महिला माथि बढेको छन् । 

तुर्माखाद  गाउपालिकाकी २१ वर्षीया रुपा (नाम परिवर्तन)  हिंसाको मारमा परेकी छन् । १५ वर्षको उमेरमा बिहे गरेकी रुपाले १७ वर्षमा पहिलो सन्तान पाइन् । बिहे अगाडी मदिरा  सेवन नगर्ने , जाड रक्सी नखाने सर्तमा बिहे गरेका श्रीमान्ले ६ महिना नपुग्दै रुपामाथि चरम यातना दिन थाले ।‘लागु औषध , मदिरा सेवन गरेपछि ससानो कुरामा शंका गरेर मलाई पिट्थे । बम्बै गएपछि म ढुक्कले घरमा बस्न पाउथे । कोरोनाको डरले गत वर्षको लकडाउनमा घर आएपछि मलाई दिनकै पिट्न थाले ’ उनले पिडा सुनाउदै भनिन् ,‘श्रीमान्ले यातना दिएको भन्दै धेरैले  मलाई प्रहरी चौकीम जान भन्थे । आफ्नो माइति परिवार र श्रीमान्को इज्जत खलबल नहोस् भनेर आफैं यातना सह“े । तर अहिले अत्ति भएपछि प्रहरीसम्म पुगें ।’ ५ पटकसम्म प्रहरी चौकी तुर्माखाँदमा मेलमिलाप भएको तर श्रीमन्ले लगातार याताना दिन थालेपछि  अहिले उनी न्यायको लागि सदरमुकामसम्म पुगेकी छन् ।‘ एक महिना अगाडी मलाई श्वास रोकीने गरी कुट्यो । अन्तमा दाम्लोले बाधेर पासो लगाएर मार्छु भनेर घिसार्ने बेला म भाग्न सफल भएँ ’ उनले भनिन् ,‘अब म त्योसंग बून सक्दिन । अन्तिमसम्म मुद्या लड्छु ।’

श्रीमानले जहिले मदिरा सेवन गरेर कुटपीट गर्ने गरेका कारण सहन नसकेपछि न्याय माग्दै प्रहरीकोमा पुगेको म कमलबजार नगरपालिकाकी रम्भा (नाम परिवर्तनले बताइन् । पटकपटक पिट्ने फेरी मील्ने गरेका उनका श्रीमानले कहिल्यै पनि रम्भालाई शान्त वातावरणमा बस्न नदिएको गुनासो रम्भाले सुनाइन् । बिहे गरेको ४ वर्षमा नै मदिराका कारण परीवारमा निकै तनाव उत्पन्न हँुदा छुट्टीनु पर्ने  अवस्थामा रम्भा पुगेको उनले बताइन् । ‘चारपटक सम्म सदरमुकाममा आएर प्रहरीको अगाडी मिलेर गए । तर, घरमा गएर फेरी कुटपीट गर्न रोकिएन । ’ उनले भनिन् । अन्तिममा मैले घर छोड्नु पर्यो । एक महिना सेफ हाउसमा बसें । त्यसपछि झन् विचल्ली भएको छ ।’ प्रहरी कहाँ मुद्या पुर्याएपछि घरमा सबैले असहयोग गर्ने र बस्ने वातावरण नभएको उनले दुखेसो पोखिन् । 

मंगलसेन नगरपालिकाकी शान्ति (नाम परिवर्तन) श्रीमान् भारतबाट फर्केको दोस्रो महिनादेखि नै शारिरिक र मानसिक याताना भोगीरहेकी छन् । कोरोना भाइरसको संक्रमण भारतमा बढ्न थालेपछि उनका श्रीमान् गत वर्ष घर आए । पहिलो महिनासम्म झैझगडा घरमा केहि भएन । दोस्रो महिनाबाट श्रीमान्ले आफू सहित छोराछोरीलाई मदिरा सेवन गरि कुटपिट गर्न थाले । धेरै दिनसम्म श्रीमान्को व्यवहार सहन नसकेपछि गाउ“का जान्ने बुझनेलाई समस्या सुनाइन् । उनीहरुले पनि मिलेर बस्नु पर्छ , सहनुपर्छ ,प्रहरीलाई खबर गर्नु हँुदैन । बदनाम हुन्छ भनेर सम्झाए । तर सिता यातना सहेर बस्न सक्ने स्थितिमा थिइनन् । उनी माइतीको सहारामा बसिरहेकी छन् । ‘गाउँका जनप्रतिनिधि पनि मिलेरै बस्नुपर्छ भन्छन् । बिहान , साझ कुटपिट सहेर बस्नै सकिन । अहिले छोराछोरी सहित माइतीघरमा बसेकी छु’ उनले भनिन्,‘बिहानैबाट रक्सी खान सुरु गर्ने ,गाउँबाट कर्जा मागेर ल्याउ भनेर पिट्ने । यस्तो अवस्थामा न म घर फर्किन सक्छु । न त माइति घरमा धेरै बस्न सक्छु ।’

पंचदेवल बिनायक नगरपालिकाकी चन्द्राले भारतबाट फर्किएका श्रीमानले मदिरा सेवन गरि चरम यातना र अनावश्यक शंका गर्न थालेपछि ३ छोराछोरी सहित प्रहरी चौकीमा उजुरी दिन आइन् । प्रहरीले सामान्य घरायसी झगडामा मेलमिलाप नै गर्नुपर्छ भनेपछि उनी पनि सहमतीमा आइन् । तर त्यो सहमती धेरै टिकेन । ‘प्रहरी चौकी जा“दा मिलाएरै पठाउछन् । घर फर्किएपछि फेरी रक्सी खाएर कुटपिट गर्न र शंका गर्न सुरु भयो’ उनले भनिन् ,‘सामान्य झैझगडा हँुदा प्रहरी चौकी जाने भए यस अगाडी पनि जान्थे नि । अति भएपछि मात्रै प्रहरी चौकीसम्म जान बाध्य भएकी हँु । त्यता जाँदा पनि सामान्य ढंगले बुझेपछि हाम्रा समस्या कसले बुझि दिने ।’

आफै माथि हिंसा भएको थाहा पाउदा पाउदै पनि कतिपय महिलाहरु प्रहरी चौकीमा उजुरीको लागि जान सक्दैनन् भने गएपछि पनि मेलमिलाप भएर फर्किदा पनि झन् याताना भोग्नु परेको अधिकांस हिंसा प्रभावित महिलाको गुनासो छ । ‘म मात्रै होइन, मजस्ता धेरै महिला सानोतिनो समस्या पर्दा , सहन सक्नेसम्म हुदा“ प्रहरी कार्यालय वा अन्त कतै जादैनौं । सहनै नसक्ने आवस्था आएपछि मात्रै न्यायका लागि आग्रह गर्छौ ’ घरेलु हिंसाबाट प्रभावित भएकी एक महिलाले भनिन् ,‘ श्रीमान् , श्रीमतीको झगडा त हो । मिल्नुपर्छ भनेर दबाब आउछ । जसले पटकपटक मार्नका लागि प्रयास गर्छ त्यो आफ्नो बसरी हुन्छ ।’ अनेक समस्या झेल्दै प्रहरी चौकीसम्म पुगेकी महिलालाई अदालतसम्म जाने वातावरण नभएको उनको भनाइ छ । अदालतसम्म पुग्दा अनेक तरिकाले बयान फेर्न लगाउने गररेको उनको गुनासो छ ।

जिल्ला अदालत अछाम ,प्रहरी कार्यालय अछाम , सुरक्षित आवास गृह मंगलसेनमा आर्थिक वर्ष ०७७÷७८ मा  महिला सम्बन्धि आएका मुद्यालाई हेर्दा अदालतसम्म भने कम मुदा पुगेका छन् । न्यायका लागि अदालतसम्म गएका धेरै मुद्यदा फैसला हुँदासम्म बयान फेर्न लगाउने गरेको मंगलसेन की एक हिंसा प्रभावित महिलाका आफन्तले बताए ।‘ हिंसा भएको छ , न्यायका लागि अदालतसम्म पुग्दा अन्तामा महिलालाई बयान फेर्न लगाए । धेरै राजनिति गर्नेहरु नै यस्ता घटनामा बढी हाबी हुन्छन् ।’

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक जनक बोहराका अनुसार २०७६ चैत २५ गतेदेखि हालसम्म आत्महत्याका घटना ४८ , बिस सेवन गरेका ३  ,पानीमा हाम फालेर मृत्यु १ , आत्महत्या दुरुत्साहनका १२ र घरेलु हिंसा सम्बन्धि ८६ वटा निवेदन जिल्ला प्रहरी कार्यालयमा आएका छन् । घरायसी विवादका कारण ३९ वटा उजुरी प्रहरीकोमा आएको उनले बताए । ‘यी सबै घटनामा भारतबाट आएका श्रीमान् धेरै देखिन्छन् । श्रीमान्का विरुद्ध श्रीमतीले उजुरी दिएका घटना धेरै आएका छन् । यसमा मदिरा नै मुख्य कारण देखिन्छ’ उनले भने ,‘सानातिना कुरामा विवाद हुने र त्यसले पछि ठूलो रुप लिन थालेको देखियो ।’  ६ महिनाकै अवधिमा ४ वटा हत्याको आशंकामा किटानी जाहेरी भएको  र २२ वटा आत्महत्याका घटना घटेको उनले बताए । ‘यसअघि एक आर्थिक वर्षमा घट्ने घटनाहरु यो पटक ६ महिनामै घटिसके । यसले अझै ठूलो रुप लिन सक्ने देखिन्छ । मंगलसेनमा रहेको सुरक्षित आवास गृहमा आव ०७७÷७८ मा हिंसा प्रभावित ७५ जना महिला आवास गृहमा बसेको मनोसामाजिक मनोविर्मशकर्ता पार्भती बोहराले बताइन् । घरेलु हिंसा , कुटपिट , गालि बेइज्जती , घरनिकाला , यौन शोषण , बलात्कार , बाल विवाह , बहुविवाह   , बलात्कार जस्ता घटना धेरै आएको उनले बताइन् ।

जिल्लाका लागि न्यायको अन्तिम निकायका रुपमा रहेको जिल्ला अदालत अछाममा आव ०७७÷७८ मा महिला सम्बन्धि ६१ मुद्या दर्ता भएका छन् । तिथ मध्ये ३४ मुद्याको फैसला भयो भने  १८ मुद्याको फैसला हुन बा“की रहेको जिल्ला अदालत अछामका नायब सुब्बा कमल ढुंगानाले बताए । उनका अनुसार महिला सम्बन्धि मुद्यामा देवानी मुद्या २२ , सरकारवादी फौजदारी मुद्या २७ ,दुनियावादी फौजदारी मुद्या ३ वटा दर्ता भएका छन् ।


 

प्रतिक्रिया