Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव

बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव

बाजुराको सदरमुकाम मार्तडीमा खानेपानी अभाव भएको छ। एक महिनासम्म पनि धारामा पानी नआएपछि सदरमुकामका विद्यार्थी तथा होटेल व्यवसायीहरुलाई समस्या भएको छ। मार्तडी बजारमा कुनै ठाउँमा पानी आउने त कुनै ठाउँमा पानी नै नआउन थालेपछि आधा घण्टा हिँडेर थापाबाट र बाहुली गएर खानेपानी ल्याउनु पर्ने वाध्यता सिर्जना भएको छ।

पानी नआएपछि विद्युत नहरको पानीले खाना पकाएर खुवाउने गरेको बताउँदै त्यहाँका व्यवसायीले नगरपालिका प्रशासनलाई खबर गर्दा पनि बेवास्ता गरिएको बताएका छन्। वर्षाका कारण गएको पहिरोले खानेपानीको पाइपमा विभिन्न ठाउँमा क्षति पुर्याएपछि मार्तडीमा खानेपानीको समस्या भएको र मर्मत कार्य भइरहेको खानेपानी समितिले जनाएको छ। 

प्रतिक्रिया