Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

म माथी अनावश्यक हल्ला फैलाउन खोजियो - वडा अध्यक्ष खनाल

म माथी अनावश्यक हल्ला फैलाउन खोजियो - वडा अध्यक्ष खनाल

पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका छन्  । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले  जानकारी दिए  ।

बुधबार साँझ होटेलमा खाना खाईरहेका बेला होटल सञ्चालक सँग सामान्य भनाभन भएको र झगडाको स्थिति सिर्जना भएपछी आफ्नो सुरक्षाको लागी प्रहरी संग सुरक्षा माग गरेर अध्यक्ष खनाल जिल्ला प्रहरी कार्यालय गएका थिए । विहिबार विहान दुबै पक्ष विच आपसी समझदारीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया