Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २६ बैशाख २०८१

पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

पत्रकार र सञ्‍चार क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्न प्रेस युनियनको माग

काठमाडौँ

नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेको छ ।

प्रेस युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई कोरोना भाइरसको महामारीको चेपेटामा परेका श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि अविलम्ब विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेको हो ।

युनियनले सञ्चारकर्मी आफ्नो पेसाबाट पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समयमै सबै पक्षले सचेत हुनुपर्नेमासमेत जोड दिएको छ ।

नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिविरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भए पनि झन्डै दुईतिहाइको सरकार अहिलेको जटिल अवस्थाप्रति बेखबर र बेपर्वाह हुनु लज्जाजनक भएको अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा छ ।

उनले नेपाली सञ्चार क्षेत्रको संवेनशीलताप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को पनि ध्यानाकर्षण गराएका छन् ।

 

 

प्रतिक्रिया