Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

स्वरोजगार लघुवित्त वित्तीय संस्थाद्वारा सैनामैनामा खाद्यान्न सहयोग

स्वरोजगार लघुवित्त  वित्तीय संस्थाद्वारा सैनामैनामा खाद्यान्न सहयोग

सैनामैना स्वरोजगार लघुवित्त  वित्तीय संस्था लिमिटेडले रुपन्देहीमा एक जना महिलालाई राहत दिएको छ । जिल्लाको सैनामैना नगरपालिका -६ की मना कुमारी कामीको परिवारलाई खाद्यन्न सहयोग गरेको हो ।

स्वोरोजगार लघुवित्त  वित्तीय संस्था लिमिटेड सैनामैना शाखाका निमित्त शाखा प्रबन्धक नयाँनन्द न्यौपाने ,कर्मचारी रिता चौधरी र चन्द्रदेव खनालले कामीको परिवारलाई बुधबार खाद्यान्न सामाग्री सहयोग गरेका थिए ।

कार्यक्रममा सामाग्री बुझ्दै कामिले महामारीको संकटमा सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिइन । सैनामैना नगरपालिका -६ को झालामा सम्पन्न भएको कार्यक्रममा सबै सदस्यको उपस्थिति रहेको संस्थाका कर्मचारी चन्द्रदेव खनालले जानकारी दिए ।

प्रतिक्रिया