अछामकी एक किशोरी क्यानसरको उपचार गर्न आर्थिक अभाव हुँदा अस्पतालमा छटपटाउँदै
आर्थिक अभावले संकटमा परेकी छन् । ढकारी गाउँपालिका ६ मोयकाडा १८ वर्षीया मन्सरा बुढको बायाँ खुट्टामा क्यान्सर भएपछी उनलाई उपचारका लागि आर्थिक संकट परेको हो । कक्षा ११ मा अध्यननरत मन्सरा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन मा उपचाररत छन् । मन्सराका बुवाको यस अगाडी नै मृत्यु भइसकेको र आफन्तले उपचारको लागि अस्पताल पुर्याएका छन् । उनका आफन्त देबेन्द्र बहादुर बुढाका अनुसार उनको उपचारको लागि करिब १० लाखसम्म खर्च लाग्ने छ ।
मन्सरा करिब १ वर्ष देखि बिरामी भएको र उनको घरको आर्थिक अवस्था कमजोर रहेको हुँदा सबैसँग आर्थिक सहयोगको लागि अपिल गरिएको उनले बताए । उनले मन्सरालाई बचाउनको लागि नागरिकस्तरबाट समेत आर्थिक सहयोग गरिदिन अनुरोध गरे । आर्थिक संकललन अभियानमा मन्सराका आफन्त देबेन्द्र बुढा र भुपेन्द्रबहादुर बुढा सक्रिय भएका छन् । सहयोगको लागि निम्नानुसारको ठेगागाना रहेको छ :- सम्पर्क नम्बर :- ९८६९५५३८०४, ९८६५६४१५१० खाता नम्बर :- ०७९०१०००००२१४०४१ (देबेन्द्र बहादुर बुढा सिटिजन्स बैंक , ढकारी अछाम)
सहयोग का लागी देबेन्द्र बुढा र भुपेन्द्र बुढालाई सामाजिक सन्जाल फेसबुक मा पनि सम्पर्क गर्न सक्नुहुनेछ :-
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया