Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

माधव नेपाल र झलनाथ खनालसहित ११ जना साधारण सदस्यसमेत नरहने गरि नेकपा एमाले बाट निष्कासित

माधव नेपाल र झलनाथ खनालसहित ११ जना साधारण सदस्यसमेत नरहने गरि नेकपा एमाले बाट निष्कासित

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल, माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले शनिवार स्पष्टीकरण मागिएका माधव, झलनाथ र रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए  ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत रहेका छन्  ।

प्रतिक्रिया