Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २७ बैशाख २०८१

नवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न

नवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न

नवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर सोमबार नवाँगाउ टोलमा सम्पन्न भएको हो । 

कोभिट १९ को कारण लकडाउ अर्थात बन्दाबन्दी मा रहेका बडा बासि बाल वालिका ,महिला र जेष्ट नागरिकका लागी वडा कार्यालयको समन्यमा स्थानिय स्वास्थ्य संथाका प्रमुख स्वास्थ्यकर्मि र जनप्रतिनिधीको सहभागीतामा स्वास्थ्य मापदण्ड को पालना सहित संचालन भएको स्वास्थ्य शिविरमा नवाँगाउ टोलका ३ जना बालवालिका ९ जना पुरुष ७ जना पेष्टनागरीक महिला र ६ जना अन्य महिला गरी २५ जना विरामिको उपचार गरिएको शहरी स्वास्थ्य किलिनिक ठुलासैनका ईन्चार्ज मिना रावल भण्डारीले बताउनु भयो । 

शिविरमा सामान्य जरो, पखाला , रुघा खोकी टाउको दुख्ने लगायतका लक्षण भएका विरामीको उपचार गरिएको भन्थान सामुदायिक स्वास्थ्य केन्द्रका ईन्चार्ज लक्षमण भण्डारीले बताउनु भयो । शिविरमा आयका सबैलाई बडा अध्यक्ष  जनकराज भण्डारीले कोरोना बाट र अन्य रोगबाट बच्न सरसफईमा र खानपिनमा ध्यानदिन अनुरोध गर्नु भएको थियो । शिविर मंगलबार वडाको गुठिना टोलमा संचालन गरिने भएको वडा अध्यक्ष जनकराज भण्डारीले वताउनु भएको छ ।

प्रतिक्रिया