Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

उपचार गदागर्दै संक्रमित हुन्छन स्वास्थ्यकर्मी

उपचार गदागर्दै संक्रमित हुन्छन स्वास्थ्यकर्मी

जिल्ला अस्पताल मंगलसेनमा कार्यरत एक अहेब २ पटक संक्रमित भए । अन्य बिरामी र कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै उनी ६ दिन अघि दोस्रो पटक संक्रमित भएपछि सेल्फ आइसोलेसनमा बसेका छन् । तर आफू दोस्रो पटक संक्रमित भएको कुरा घरमा सुनाउन सकेका छैनन् । आमा बुवाले चिन्ता मान्ने र आत्तिने डरले संक्रमित भएको ६ दिनसम्म भन्न नसकेका हुन् । ‘आमा अन्य रोगको बिरामी पनि हुनुहुन्छ । कोरोना संक्रमणको हल्ला सुरु भएदेख नै उहा“लाई मेरो चिन्ता लागेको हो । आमाले थाहा पाउनु होला भनेर नै मैले नाम भन्न सकिन ’ उनले भने ,‘ थोरै संक्रमित भएको बेला अघिल्लो वर्ष म संक्रमित भएको थिए । त्यतिखेर आफूलाई छुट्टै खालको डर लाग्थ्यो । तर अहिले आफैं संक्रमितको उपचारमा खटिएको बेला संक्रमित भए । खासै लक्षण पनि छैन । त्यस्तो डर पनि लागेको छैन ।’ तर , सामान्य अवस्थामा अस्पताल आउने र उपचार गर्दागर्दै मृत्यु हुनेको संख्या जिल्ला अस्पतालमा बढेपछि आफूलाई पनि डर लागेको उनको अनुभव छ ।‘ उपचार गर्दागर्दै बिरामीसंग हाम्रो छुट्टै खालको पेम हुन्छ । निको भएर जादा आफैंलाई सञ्चो भएको महसुस हुन्छ । मृत्यु नै हुदा त हामीलाई जति पिडा अरुलाई हुदैन होला जस्तो लाग्छ ।’ उनले भने ।  स्वास्थ्यकर्मीको अभाव भएका संक्रमित भएकै अवस्थामा आइसोलेसनमा भएका संक्रमितको उपचारमा जान तयार रहेको उनले सुनाए ।‘ बिरामीको उपचार गर्नु हाम्रो जिम्मेवारी नै हो । अहिले जिल्ला अस्पतालमा अक्सिजन सकियो । एक सिलिण्डर मात्र्रै छ । यसको प्रभाव नेताहरु , अन्य सरोकारवालाई के कती पर्छ थाहा भएन । बिरामी हाम्रो अगाडी छट्पटिएको हुन्छ यसको प्रत्यक्ष प्रभाव हामीलाई पर्छ ।’ उनले भने ।

मंगलसेन नगरपालिका –४ मा कार्यरत अनमी रत्ना रावल सोडारी बिरामीको उपचारमा खटिरहेकै बेला  १० दिन अघि संक्रमित भइन् । घरघरमा पुगेर उपचार गर्ने , रोग पत्ता लगाइ दिने , सुझाव सल्लाह दिने काममा व्यस्त थिइन् । त्यो बाहेक स्वास्थ्य चौकीमा अन्य बिरामी चेकजा“च गरिरहेकै बेला संक्रमण पुष्टि भयो । ‘ उपचारमा खटिएकी थिए“ । संक्रमण पुष्टि भयो । घरमा १७ वर्षको छोरालाई ४८ घण्टासम्म १०३ डिग्री ज्वरो आयो । उसलाई पनि संक्रमण देखियो । सासु पनि अहिले संक्रमित हुनुहुन्छ ’ उनले भनिन् ,‘ केहि दिनसम्म त मलाई गाह्रो भएको थियो । अहिले म ठिक छु । घरमा बसेर सासु र छोराको उपचार गरीरहेकी छु । कहिले फेरी काममा फर्किन पाएला जस्तो भइसक्यो ।’ सुरुसुरुमा संक्रमितको उपचारमा खटिदा पनि डर नलागेको उनको अनुभव छ । तर अहिले आफेना नसजकका आफन्त र आफैंले उपचार गरेका बिरामीको कोभिड संक्रमणका कारण मृत्यु भएपछि डर लाग्न थालेको उनको अनुभव छ । ‘ मेरा नजिकका २ जना आफन्तको पनि कोभिडका कारण मृत्यु भयो । आफैंलाई पनि संक्रमण भयो । अरुको उपचारमा रातदिन खटिनेलाई पनि डर त लाग्दो रहेछ भन्ने महसुस भयो ।’ उनले सुनाइन । स्वास्थ्यकर्मी भएको परिवारमा अरुभन्दा बढि चिन्ता हुने गरेको उनको अनुभव छ । ‘ दोस्रो डोज खोप लगाउदा पनि संक्रमण भयो । अहिले छरछिमेक वरपर र बाटोमा हिंड् मान्छे पन स्वासथ्यकर्मी भनेपछि डराउन थाले ।

उच्च जोखिमा पटकपटक संक्रमण हु“दा पनि थप सेवा सुविधा नपाएको उनको गुनासो छ । ‘अघिल्लो वर्ष २ महिना ५० प्रतिशतका दरले जोखिम भत्ता पाइएको थियो । यो वर्ष भने केहि छैन ।  रातदिन नभनीकन उच्च जोखिममा काम गर्ने स्वासथ्यकर्मीको कुनै मुल्यांकन नभए जस्तो लाग्छ ’ उनले भनिन् ,‘ कतिपय अवस्थामा आफैं संक्रमणको बेला पनि संक्रमितको उपचारका लागि निस्कनुपर्छ ।’

 

प्रतिक्रिया