Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

अछाम जिल्लामा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

अछाम जिल्लामा १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

 जिल्ला अस्पताल अछाममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ९ का ४९ बर्षिय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

८ दिन अघि मात्र कोरोना संक्रमण पुष्टि भएर अस्पतालको आईशुलेसनमा उपचार गराईरहेका पुरुषको स्वास्थ्य अबस्था सुरु देखि नै गम्भीर अबस्थामा रहेको अस्पतालका सुचना अधिकारी गंगा बुढामगरले जानकारी दिनु भयो । स्वास प्रश्वासमा समस्या सहीत सुरु देखि नै सुत्न नसक्ने गरि बिरामीमा समस्या आईरहेको मगरले बताउनु भयो ।

अझै पनी जिल्ला अस्पतालको आईशुलेसन वार्डमा ६ जना संक्रमीतको उपचार जारी रहेको उहाँले जानकारी दिनु भयो । अछाम जिल्लामा दोस्रो लहरको कोरोनाका कारण १४ जनाले ज्यान गुमाईसेकका छन ।

प्रतिक्रिया